मंगलबार, असार १७, २०८२

'खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ'

नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिमका साथ राष्ट्रको नाम विश्वमा राख्नुपर्नेमा जोड दिए।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

मोरङ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताएका छन्।

नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिमका साथ राष्ट्रको नाम विश्वमा राख्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री ओलीले एमाले सधैँ खेलाडीका साथमा रहेको छ भन्दै यसको विकास, प्रशिक्षणका लागि आवश्यकपर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले स्वस्थ्य समाज निर्माणमा खेलाडीहरूले आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्दै खेललाई जीवनका अभिन्न अङ्ग बनाउनाले स्वास्थ्यमा ठूलो योगदान पुग्ने धारणा राखे ।

अध्यक्ष ओलीले महासङ्घले पदका लागि होइन खेलाडीलाई उत्कृष्ट प्रदान गर्न विशेष योगदान पुर्‍याउनुपर्नेमा जोड दिए। महासङ्घका संयोजक पर्शुराम बस्नेत र प्रभातविक्रम कटवालले खेलाडीलाई  खेलबाट बाँच्न सक्ने अवस्थाको सिर्जना गर्न प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय महाधिवेशनमा ७७ जिल्ला, २८ खेल सङ्घ, सात प्रदेश र एक उपत्यका विशेष प्रदेशका गरी पाँच सय ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सोही अवसरमा अध्यक्ष ओली ‘प्रथम केपी ओली सडक दौड’ प्रतियोगिता महिला तथा पुरुषतर्फ प्रथमदेखि पाँचौँ स्थानसम्म ल्याउने खेलाडीहरू नगदसहित पुरस्कृत गरे। सो अवसरमा विभिन्न खेल तथा जातजातिका वेशभूषासहित झाँकी प्रदर्शनी गरिएको थियो ।


प्रकाशित: Feb 19, 2023| 21:36 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...