काठमाडौं- राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ।
माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो।
फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ। यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमति अनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएको थियो।
यद्यपि पछिल्लो समय माओवादी केन्द्र र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन्।