मंगलबार, असार १७, २०८२

एमालेबाट अलग भए दुर्गा प्रसाईं

एमालेको उद्योग विभाग उपप्रमुखसमेत रहेका प्रसाईंलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेपछि उनले पार्टी छाडेको घोषणा गरेका हुन्।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। एमालेको उद्योग विभाग उपप्रमुखसमेत रहेका प्रसाईंलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेपछि उनले पार्टी छाडेको घोषणा गरेका हुन्। 

उनले आइतबार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए। आफूमाथि कारबाही हुने भएपछि काठमाडौंमा ओलीलाई भेटेर केन्द्रीय सदस्य तपाईं नै राख्नु भनेर हिँडेको दाबी गरे। 

आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने बताउँदै प्रसाईंले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने बताए।

उनले केही दिनअघि झापाको काकडभिट्टामा पूर्वराजपरिवारको उपस्थितिमा एक धार्मिक अभियान सुरु गरेका थिए। सोही अभियान आयोजना गरेका कारण उनलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको थियो।


प्रकाशित: Feb 19, 2023| 18:59 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...