काठमाडौं- आज आइतबार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर उठेन। हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर आजदेखि नउठ्ने घोषणा गरेका थिए।
'आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ बालेनले फेसबुकमा लेखेका थिए।
मेयरले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न निर्देशन दिएका कारण फोहोर नउठेको हो। सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्छ।
सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको छ।