बिहीबार, वैशाख १८, २०८२

उत्कृष्ट शौचालय डिजाइन गरे एक १ लाख ५० हजार पुरस्कार

धनगढी उपमहानगरपालिकाले शौचालयको डिजाइन प्रतियोगिता आयोजना गरेको छ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

धनगढी- धनगढी उपमहानगरपालिकाले शौचालयको डिजाइन प्रतियोगिता आयोजना गरेको छ।

उपमहानगरले बनाउन लागेका सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट एक इन्जिनियरलाई एक लाख ५० हजार पुरस्कार दिने भएको छ।

यसका लागि उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आह्वान गरेको छ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने नमुनालाई नगद पुरस्कारको व्यवस्था गरिएको उपमहानगरका मेयर गोपाल हमालले बताए। प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना निकालेको छ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने शौचालयको नमुनालाई धनगढी उपमहानगरले क्रमश १ लाख ५० हजार र ७५ हजार पुरस्कार दिने जनाएको छ। यसरी छनौट भएका डिजाइनका आधारमा धनगढीमा सार्वजनिक शौचालय निर्माण गर्ने उपमहानगरको तयारी छ। 

Metro Mart
worldlink

प्रकाशित: Feb 19, 2023| 09:29 आइतबार, फागुन ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।