बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चन्द्र भण्डारीले भने- मेरो स्वास्थ्य सुधार हुँदैछ, चिन्ता लिनुपर्दैन

चन्द्र भण्डारीले भने- मेरो स्वास्थ्य सुधार हुँदैछ, चिन्ता लिनुपर्दैन

ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। भण्डारी खतरामुक्त रहेका डाक्टरले जनाएका छन्।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। भण्डारी खतरामुक्त रहेका डाक्टरले जनाएका छन्।

मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको  र उनी बोल्न तथा हाउभाउ देखाउन सक्ने अवस्थामा रहेको उपचारमा संलग्न डाक्टरलाई उधृत गर्दै कांग्रेसका नेता तथा व्यवसायी योगराज कँडेलले बताएका छन्।

शनिबार राति आफूले भण्डारीलाई भेटेर कुराकानी गर्ने क्रममा उनले ‘मेरो केहि चिन्ता लिनुपर्दैन’ भनेको कँडेलले उल्लेख गरेका छन्।

यस्तै, भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने पनि डाक्टरले जानकारी दिएका छन्।

गएको बुधबार राति काठमाडौंको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर भएको आगलागीमा सांसद भण्डारी र आमा हरिकला भण्डारी घाइते भएकोमा आमा हरिकलाको निधन भएको छ।

प्रकाशित: Feb 19, 2023| 08:37 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।