सोमबार, वैशाख २२, २०८२

तनहुँमा बेचिन्छ वार्षिक १७ लाख लिटर दूध

दुई वर्षअघि दैनिक १४ हजार लिटर दूध संकलन गर्दै आएको उक्त संघले हाल ४ हजार ५०० लिटर संकलन गरिरहेको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

तनहुँ– जिल्ला दुग्ध उत्पादक सहकारी संघ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्दै आएको जनाएको छ। व्यास नगरपालिका–११ रानीगाउँस्थित कार्यालय रहेको संघले पत्रकार सम्मेलन गरी दूध बिक्रीको परिणामबारे जानकारी दिएको हो।

संघले यसबाट दुग्ध उत्पादक कृषकलाई वार्षिक १० करोड दिने गरेको छ। संघका अनुसार १ हजार १५४ कृषक दुग्ध उत्पादक संघमा आबद्ध छन्।कृषकले उत्पादन गरेको दूध बिक्री हुँदा १४ करोड बराबरको आर्थिक कारोबार भएको संघका व्यवस्थापक राजु भुजेलले बताए।

दुई वर्षअघि दैनिक १४ हजार लिटर दूध संकलन गर्दै आएको उक्त संघले अहिले ४ हजार ५०० लिटर दूध संकलन गर्दै आएको छ।

कोभिड र महँगो दाना चोकरका कारण कतिपय व्यावसायिक फार्म बन्द भइसकेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ तनहुँका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। दुग्ध उत्पादक कृषकको लागत प्रतिलिटर ८१ रुपैयाँ रहेको छ भने दूधको गुणस्तरका आधारमा प्रतिलिटर ६८ सम्म सहकारीले दिने गरेको छ।

प्रकाशित: Feb 18, 2023| 17:55 शनिबार, फागुन ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्