शुक्रबार, जेठ ३, २०८२

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

शनिबार १२ः१५ बाट भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ भने फोक्सोले आफैं काम गर्न थालेको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– अक्सिन सिलिन्डर आगलागीमा परेर गम्भीर घाइते भई उपचारका लागि भारतको मुम्बई लगिएका कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

भण्डारीको हाल मुम्बईस्थित बर्न हस्पिटलमा उपचार हुँदै आएको छ। भण्डारीसँगै मुम्बई गएका सहयोगी योगराज कँडेलका अनुसार शनिबार १२ः१५ बाट भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ भने फोक्सोले आफैं काम गर्न थालेको छ।

अस्पतालका डाक्टरले भण्डारीलाई दिइँदै आएको  कृत्रिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमबारबाट भेन्टिलेटर हटाइने बताएको कँडेलले जानकारी दिए। भण्डारीको हातको जलेको भागले काम गर्न थालेकाले अप्रेसन गर्नु नपर्ने अस्पतालले बताएको छ।

गत बिहीबार साढे १० राती खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। उपचारका दुवै जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिए पनि आमाको निधन भएको छ। भण्डारीलाई भने नेपालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।

प्रकाशित: Feb 18, 2023| 16:04 शनिबार, फागुन ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्