बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ल्होत्से मल लुटपाटमा संलग्न ४० जनामाथि थालियो अनुसन्धान

ल्होत्से मल लुटपाटमा संलग्न ४० जनामाथि थालियो अनुसन्धान

जिल्ला प्रहरी कार्यालय काठमाडौंले आगजनी, तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काठमाडौंले १ फागुनमा बालाजुस्थित नयाँ बसपार्कमा रहेको ल्होत्से मल तोडफोड, लुटपाट, प्रहरीको सवारी साधन आगजनीमा संलग्न ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको बताएको छ।

यातायात मजदुरका नाममा प्रहरीका दुई भ्यानमा आगो लगाउने, ल्होत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको देखिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको हो।

आन्दोलनकारीले ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केटमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटेका थिए।

उनीहरुले प्रहरी वृत्त बालाजुको बा२झ १४४ नम्बको स्कार्पियो र बा१झ ७२२४ नम्बको गाडीसमेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आयल्यान्डमा क्षति पुर्‍याएको प्रहरीले बताएको छ। आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमा समेत आगो लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए। ‘प्रहरीको भ्यान आगजनी गर्ने र मल तोडफोड गरी चोरी गर्ने अन्य केही व्यक्तिको पहिचान भइरहेको छ। उनीहरुलाई पनि चाँडै नियन्त्रणमा लिन्छौं’, प्रवक्ता रिजालले भने।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलगायतको नेतृत्वमा भएको आन्दोलन हिंस्रक हुँदा लुटपाटमा परिणत भएको थियो। घटनामा अधिकांश व्यक्ति चालक, सहचालक, विद्यार्थी र विभिन्न होटल तथा रेष्टुराँका कामदार संलग्न रहेको प्रहरी अनुमान छ।

लुटपाटमा संलग्नलाई मुलुकी अपराध संहिता ऐनअन्तर्गत चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नुका साथै आगजानी तथा तोडफोड गर्नेलाई मुलुकी अपराध संहिता ऐनको दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता रिजालको भनाइ छ।

प्रकाशित: Feb 18, 2023| 15:24 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।