बिहीबार, असार ५, २०८२

टीकापुरबाट १७ थान नक्कली नोटसहित एक जना पक्राउ

कैलालीमा एक हजारका १७ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

धनगढी- कैलालीमा एक हजारका १७ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–२ बिजयनगरका २३ वर्षीय तपेन्द्र शाही पक्राउ परेका हुन्। 

एकतर्फी रंगीन प्रिन्ट गरेका एक हजार दरका १३ थान र दुबैतर्फ प्रिन्ट गरी जोडेको चार थान गरी १७ थान एक हजार दरका नक्कली नोटसहित शाही पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–१ शिव मन्दिर बाहिर रहेको खुद्रा पसलमा एक हजारको नेपाली नोट साटी रहेको अवस्थामा शाहीलाई फेला पारेको थियो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिहेको छ।

प्रकाशित: Feb 18, 2023| 13:17 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।