शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • महाशिवरात्रिः साढे १२ बजेसम्म साढे चार लाख भक्तजनले गरे दर्शन

महाशिवरात्रिः साढे १२ बजेसम्म साढे चार लाख भक्तजनले गरे दर्शन

महाशिवरात्रि अवसरमा पशुपतिनाथ मन्दिर गर्ने दर्शनाथीको भीड बाक्लिँदैै।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– महाशिरवरात्रि अवसरमा पशुपतिनाथ मन्दिरमा शिवको पूजाअर्चना गर्न दर्शनाथीको भीड लागेको छ। बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

शिवरात्रि अवसरमा पशुपतिनाथका चार वटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। ढोका खोल्नुअघि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोषको संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले बताए।

बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ। उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ। पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ। घाम लागेसँगै दर्शनार्थीको संख्या बढ्न थालेको हो ।

महाशिवरात्रि अवसरमा कोषको विशिष्ट अतिथिका रुपमा आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले  पञ्चामृत स्नानसहितको विशेष पूजा गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ। पशुपतिनाथमा विशेष पूजा सकेर उनले पशुपति मन्दिरको पश्चिम ढोका अघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गर्नेछन्। यो मन्दिर १२ वैशाख २०७२ भूकम्पले भत्किएको थियो। 

मन्दिर उद्घाटनपछि उनले त्यहीँ प्रवचन पनि दिनेछन्। बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शंकराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम छ। कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ। 

महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवं दर्शन गर्ने कार्यक्रम रहेको छ। यसैगरी नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रुपमा आएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताए।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजार बढी साधुसन्तको आगमन भएको छ। नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ। साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ। यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ।

महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा शृंगारिएको छ। दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन ५ हजार सुरक्षाकर्मी र ४ हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ।

पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवं प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ। केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन्। कोषले यस्ता काममा रोक लगाउने भने व्यवहारमा कार्यान्वयन नभएको गुनासो भक्तजनको छ।

प्रकाशित: Feb 18, 2023| 12:46 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।