बिहीबार, असार ५, २०८२

कांग्रेस नेता भण्डारीलाई पाइपबाट खाना दिन थालियो

भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

रूपन्देही- भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ।

बुधबार राति काठमाडौंस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएपछि बिहीबारदेखि मुम्बईस्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा. भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरूले बताएका छ ।

भण्डारीसँगै मुम्बई पुगेका कांग्रेस नेता योगराज कंडेलका अनुसार डा. भण्डारीका सबै प्यारामिटरहरु नमर्ल रहेको छ। आज बिहान अस्पतालले गराएको जानकारीमा अस्पतालका चिकित्सक धनन्जयले भण्डारीको सर्व प्यारामिटर नर्मल रहेको जानकारी दिएको कंडेलले जनाए।

पहिलो शल्यक्रिया गर्दा घाउको गहिराई बढी भएका कारण बढी समय लागेको उल्लेख गर्दै दोस्रो शल्यक्रिया १२ घण्टाको निगरानीपछि मात्र गर्न सकिने डा. मुकेशले बताएको कंडेलको भनाइ छ।

चिकित्सकलाई उल्लेख गर्दै नेता कंडेलले आजदेखि पाइपबाट खाना दिन सुरू हुने र बाहिरबाट दिइएको अक्सिजन पनि ४५ प्रतिशतले घटाइएकोले स्वास्थ्यमा धेरै सुधार भएको जनाएका छन्।


प्रकाशित: Feb 18, 2023| 12:28 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।