बिहीबार, वैशाख १८, २०८२

पर्सामा मोटरसाइकल दुर्घटना, १४ वर्षीय किशोरको मृत्यु

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं- पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ। 

गएराति पौने १२ बजे धोबिनी गाउँपालिका-४ पुलचोकमा प्रदेश नम्बर २-०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए। 

लंगडीबाट हरिपुर जाँदै गरेको मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाबाट सखुवा प्रसौनी गाउँपालिका-६का १४ वर्षीय चालक दिपेशकुमार यादवको मृत्यु भएको हो।

त्यस्तै मोटरसाइकलमै सवार धोबिनी गाउँपालिका-४ बस्ने १० वर्षीय दिपु यादव सामान्य घाइते छन्। शवको पोष्टमर्टमको लागि नारायणी अस्पताल वीरगन्जमा पठाएको छ।

प्रकाशित: Feb 18, 2023| 11:58 शनिबार, फागुन ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।