काठमाडौं- जबरजस्ती करणी मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन। करणी मुद्दामा दोषी ठहर भई फरार भएका अभिययुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।
करणी मुद्दाका फरार अभियुक्त बेलौरी नगरपालिका २ का राजेन्द्र लुहारलाई ईलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी भरतराज गिरीले १७ वर्ष अघि करणी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट कैद सजाय तोकेका लुहारलाई पक्राउ गरी अदालत पेश गरिएको बताए।
४ जेठ ०६२ सालमा कञ्चनपुर जिल्ला अदालतले लुहारलाई ७ वर्ष कैद भुक्तानका लागि फैसला गरेको थियो। लुहारले कैद भुक्तान नगरेर लुकिछिपी बस्दै आएका थिए।
झन्डै डेढ दशकदेखि लुकिछिपी रहेका लुहारलाई प्रहरीले घरबाटै पक्राउ गरी अदालत पेस गर्दै जेल चलान गरिएको छ। अपराध गरेपछि एक दिन अवश्य कानुनको घेरामा आउनुपर्ने घटनाले देखाएको छ। १७ वर्षअघि अपराध गरेका लुहार जेल चलान भएका छन्।