बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

 काठमाडौं- ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।

भण्डारीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलका अनुसार अहिले बिहान साढे ६ बजे चिकित्सकसँग कुरा गर्दै ‘सबै पारामिटर नर्मल’ रहेको जानकारी गराएका छन्। भण्डारीको हिजो पहिलो सर्जरी गरिएको थियो ।

'पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तिमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भयो,' कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ। डा. भनाईअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको निवेदन गर्न चाहन्छु।'

प्रकाशित: Feb 18, 2023| 08:39 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।