बिहीबार, असार ५, २०८२

फलामको भाँडो बिस्फोट हुँदा झापामा एकको मृत्यु

झापाको बिर्तामोड-७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

बिर्तामोड- झापाको बिर्तामोड-७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले सञ्चालन गर्नुभएको उद्योगमा शुक्रवार दिउसो १ बजेर १० मिनेटमा  विस्फोट भएको हो। 

लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा विस्फोट हुँदा त्यहीँ काम गर्ने कर्मचारी खोटाङ निवासी १९ वर्षीय  सरोज सुन्दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। 

घाइते भएका सुन्दासलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा लगिएको र त्यहाँ दिउसो २ बजे सन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ। 

विस्फोटबाट खरेलका दाजु लक्ष्मीप्रसाद र श्रीप्रसाद  घाइते भएको र उनीहरूको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 18, 2023| 08:15 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।