बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गौशाला क्षेत्रमा गाडी प्रवेश निशेष, यस्तो छ आज काठमाडौंको ट्राफिक व्यवस्थापन

गौशाला क्षेत्रमा गाडी प्रवेश निशेष, यस्तो छ आज काठमाडौंको ट्राफिक व्यवस्थापन

आज महाशिवरात्रिमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले पशुपति क्षेत्र आसापसमा गाडी सञ्चालनको रुट र पार्किङ स्थलहरु निर्धारण गरेको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं- आज महाशिवरात्रिमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले पशुपति क्षेत्र आसापसमा गाडी सञ्चालनको रुट र पार्किङ स्थलहरु निर्धारण गरेको छ।

पशुपतिमा दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकताअनुसार गाडीलाई  डाइभर्सन गर्न रुटहरु निर्धारण गरिएको हो। गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ।

यस्तै मालवाहक गाडीलाई तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामङ्गल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ। बस तथा माइक्रोबस, टेम्पो र मालवाहक गाडीका लागि अलग अलग रुट तोकिएको छ।

ट्राफिक प्रहरीले आजका लागि तोकेको रुट यस्तो छ :

बस तथा माइक्रोबसहरू :

रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल हुँदै तिलगङ्गासम्म पुग्ने र त्यही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने।

रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र त्यही मार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र शालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।

कालोपुल हुँदै कपन चल्ने गाडीहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने।

माइक्रोबस तथा टेम्पोहरू :

सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।

जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने।

मालवाहक गाडीहरु:

जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगञ्ज तर्फ जाने मालवाहक गाडीहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ जानु पर्ने।

कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह गाडीहरु कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगञ्ज र बौद्ध जाने मालवाहक गाडीहरु गोपीकृष्णहल, कपन, महाङ्काल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने।

कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक गाडीहरु तीनकुनेसम्म जान सक्नेछन्न्।

महाराजगञ्ज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक गाडीहरु बसुन्धारासम्म पुग्न सक्ने।

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक गाडीहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

यी ठाउँमा गर्न सकिन्छ पार्किङ :

तीलगङ्गा आँखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र विदेशी पर्यटकहरूका गाडी।

देवउद्यानमा रहेको कोषको कार्यालय र भण्डारखालमा  पासवाहक सरकारी र प्रहरीका गाडी।

सिफल चौरमा पासवाला गाडी र स्थानीय दर्शनार्थीका गाडी।

गुह्येश्वरी पारि  गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीहरूका गाडी।

वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने सङ्घ संस्थाहरुको गाडी, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु।

प्रकाशित: Feb 18, 2023| 07:26 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।