शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पश्चिमी वायुको आंशिक प्रभाव हुँदा कस्तो रहला आजको मौसम?

पश्चिमी वायुको आंशिक प्रभाव हुँदा कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। अहिले प्रदेश १ का पहाडी भू-भागमा बदली रहेको जानकारी दिँदै महाशाखाले बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ।

आगामी २४ घण्टामा तराईका एक/दुई स्थानमा बिहान हुस्सु/कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ। आज प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुन सक्ने महाशाखाले जानकारी दिएको छ।

आइतबार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। अन्य स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सोमबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने तथा प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखको पूर्वानुमान छ।

प्रकाशित: Feb 18, 2023| 07:12 शनिबार, फागुन ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।