बिहीबार, असार ५, २०८२

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

केआईसिंह गाउँपालिका-१ लोलिमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप ६ जना घाइते भएका छन्।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

धनगढी- केआईसिंह गाउँपालिका-१ लोलिमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप ६ जना घाइते भएका छन्।

केआइसिंह–१ महादेब बस्ने ३६ वर्षीय चालक गोबिन्द्र शाही, केआइसिंह–२ जारिमभाडी बस्ने ४१ वर्षीय धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने २७ वर्षीय तेज तिरुवा र उनकी श्रीमती २६ वर्षीया राधा तिरुवाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारको लागि सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।

समान्य घाइते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार उपचारपछि घर फर्किएका छन् ।

दिपायलबाट घाँटलायातर्फ जाँदै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जीप लोली भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजेतिर  दुर्घटना भइ सडक खण्डबाट अन्दाजी ६० मिटर तल खसेको थियो।

प्रकाशित: Feb 18, 2023| 07:02 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।