शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय

विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय

कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

टीकापुर- कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरेको छ। कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो। 

ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकले कृषि क्षेत्रमा भएका नवीनतम कृषिसम्बन्धी ज्ञानको अभावमा खेती गरिरहेका छन्। विद्यालयबाट कृषिसम्बन्धी ज्ञान दिन सके विद्यार्थीमा कृषि विषय अध्ययन गर्न उत्प्रेरणा जगाउने तथा कृषिमा भएका नवीनता प्रविधिसम्बन्धी ज्ञान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए। 

‘हाम्रो पालिकाका अधिकांश किसान कृषिमा निर्भर छन्, उनीहरूका छोराछोरीलाई कृषिसम्बन्धी ज्ञान दिने उद्देश्य हामीले लिएका छौँ’, चौधरीले भने, ‘बालबालिका उच्च शिक्षा पढेर बेरोजगार भइरहेको अवस्था छ। कृषि पढेमा आफ्नै बारी भएकाले कृषिमा राम्रो आम्दानी गर्न सक्छन्।’

गाउँपालिकाले यस वर्ष जयपार्वती आधारभूत विद्यालय परागीपुर, जनता माध्यमिक विद्यालय अमरावती र अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटामा विद्यार्थी कृषि करेसारबारी कार्यक्रम सञ्चालन गर्दैछ। उक्त कार्यक्रमअन्र्तगत विद्यार्थीलाई कुनै एक बालीका बारेमा सैद्धान्तिक ज्ञान दिनुका साथै उनीहरूको प्रत्यक्ष सहभागितामा बाली बिरुवामा देखिने विभिन्न समस्या पहिचान गराई र समाधानका उपायका बारेमा सिकाइन्छ।

उक्त कार्यक्रम लागू भएका विद्यायलमा कृषि प्राविधिक शिक्षक तथा अन्य सहयोगको व्यवस्था गाउँपालिकाले गरेको छ। सातामा एक दिन कृषिबारे सैद्धान्तिक पढाइ हुने र अन्य दिनमा व्यावहारिक तथा प्रयोगात्मक कार्य गरिने छ। ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रममा प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीको सहभागिता हुने कार्यक्रम लागू भएका विद्यालयले जनाएका छन्।  

Metro Mart
worldlink

यस कार्यक्रमलाई अभिभावकले सकारात्मकरूपमा लिएका छन्। जानकी गाउँपालिकाका कृष्ण धामीले छोरीलाई कृषि प्राविधिक पढाउने तयारी गरिरहेकाछन्। ‘पालिकाले विद्यालयमै कृषि पढाउने भएछ, राम्रो सुरुआत हो। यो कार्यक्रम सबै विद्यालयमा लागू हुनुपर्छ’, धामीले भने, ‘यसले कृषियोग्य जमिन संरक्षण हुनुका साथै पढेलेखेका युवालाई कृषिमा रुचि जगाउँछ।’

प्रकाशित: Feb 17, 2023| 23:00 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।