शुक्रबार, वैशाख १९, २०८२

गुल्मीमा तीन सय १२ प्रजातिका चरा

गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो। जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

गुल्मी- गुल्मीमा विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन्। नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो। गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो। जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ।

यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका छन्। जिल्लाको मदाने वन संरक्षण क्षेत्रमा आठ र रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा फेला परेको यससम्बन्धी सर्वेक्षण गरिरहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भरत पन्थीले बताए।

योसँगै गुल्मीमा चरा तीन सय १२ प्रजाति पुगेका छन्। हाल मदाने क्षेत्रमा दुई सय ७२ र रेसुङ्गा क्षेत्रमा दुई सय ५८ प्रजातिका चरा भेटिएका हुन्। यी दुवै क्षेत्रमा पाइने दुई सय १८ प्रजातिका चरा छन्। नेपालमा हालसम्म आठ सय ९२ प्रजातिका चरा पहिचान भएकोमा गुल्मीमा ३५ प्रतिशत चरा छन्।

चरा सर्वेक्षणको क्रममा मदाने क्षेत्रमा हिमाली मलेवा, कण्ठे सुगा, खरलाहाँचे, लामोठूँडे चाँचर, खोले टिकटिके, लघु बगेडी, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चरा भेटिएका हुन्। रेसुङ्गा क्षेत्रमा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी चरा फेला परेका छन्।

गुल्मीमा विश्वकै दुर्लभ छ प्रजातिका चरा यसअघिको अध्ययनमा पुष्टि भएको थियो। यहाँ रणमत्त महाचील, चीर, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्ध रहेका छन्। रेसुङ्गामा ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र रहेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए। उनका अनुसार रेसुङ्गालाई थप संरक्षणका लागि काम गरिनेछ। डिभिजन वन कार्यालय गुल्मीका निमित्त प्रमुख रामकुमार चौधरीले चराको वासस्थानको लागि वन क्षेत्रको संरक्षण गरिरहेको बताए।

Metro Mart
worldlink

चराको वासस्थान मानिने रेसुङ्गा क्षेत्र आफूहरुले संरक्षण गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो तर, रेसुङ्गा क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा छ। मदाने र रेसुङ्गा क्षेत्रमा दुर्लभ चरा भेटिए पनि यसबाट केही फाइदा लिन सकिएको छैन। मदाने वन संरक्षण क्षेत्र २०६८ र रेसुङ्गा वन संरक्षण क्षेत्र २०७४ मा घोषण गरिएको थियो।

वन विनास, वासस्थान परिवर्तन र चोरी शिकारीका कारण यसलाई जोगाइराख्न चुनौती रहेको अध्ययनमा देखाइएको छ। रेसुङ्गा वन संरक्षण क्षेत्र १९ हजार दुई सय ८१ हेक्टर र मदाने वन संरक्षण क्षेत्र १३ हजार सात सय ६१ हेक्टरमा फैलिएको छ।

प्रकाशित: Feb 17, 2023| 19:15 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।