सोमबार, वैशाख २२, २०८२

दियालो र भारतको जनजलबीच सम्झौता

खानेपानी क्षेत्रलाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

खानेपानी क्षेत्रलाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ। 

यो सम्झौतासँगै प्रविधिको आदान प्रदानमार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरुलाई समाधान गर्न रणनीतिक र व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ। सम्झौतापत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि जनजनलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेसनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पत्ति व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्नेछ भने दियालोले जनजलको वाटर एटीएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउनेछ। यसका साथै दुई कम्पनीबीच निर्माण भएका प्रविधि आदान–प्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेसनमा लैजाने सहमति पनि भएको छ। 

यसका साथै नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, आ–आफ्ना अनुभव साटासाट गर्ने तथा उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरीय बनाउन प्रविधिमा सहकार्य गर्ने पनि सहमति भएको छ। 

नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ। हालसम्म नेपालमा करिब ७०० वटा खानेपानी समितिहरुलाई डिजिटलाइजेसन गरिसकेकोे दियालोले भारतमा समेत आफ्नो बजार विस्तार गर्न लागेको हो। करिब १० वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ। 

Metro Mart
worldlink

त्यसैगरी जनाजल प्रविधिमार्फत खानेपानी सेवा प्रदान अग्रणी कम्पनी हो। कम्पनीले भारतभर ८०० भन्दा बढी वाटर एटीएम र वाटर ट्रिटमेन्ट प्लान्टहरु सञ्चालन गर्दछ। जसलाई आफ्नो स्वामित्वको आइओटी प्लेटफर्ममार्फत निगरानी गरिन्छ।  कम्पनीको जनजल वाह (वाटर अन ह्विल) नामक नवीनतम प्रविधिलाई भारत सरकारले सहरी र ग्रामीण क्षेत्रमा जनताको सुरक्षित पानीमा पहुँच बढाउन प्यान इन्डिया कार्यान्वयनका लागि छनोट गरेको छ। जनजलले भारतभर विकेन्द्रीकृत पानी प्रशोधन प्लान्टहरु स्थापना, सञ्चालन र मर्मतसम्भार गर्न तथा थप घर–घरमा सुरक्षित पानीको डेलिभरी गर्ने कार्य गर्दछ। 

जनजलले नेपालमा पनि विकेन्द्रीकृत वाटर एटीएम र वाटर अन ह्विलको सञ्चालन कार्य विस्तार गरेसँगै वाटर एटिएमबाट पाइने सुविधाका साथै रोजगारी सिर्जना गर्न, मानिसलाई सामाजिक उद्यमशीलताका अवसरहरु प्रदान गर्नेछ। 

प्रकाशित: Feb 17, 2023| 17:00 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्