शुक्रबार, जेठ ३, २०८२

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

भण्डारीको दोस्रो अप्रेसनका लागि अस्पतालका डाक्टरले थाले आफन्तसँग परामर्श।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

Metro Mart
worldlink

काठमाडौं– बुधबार साढे १० बजे बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डरमा आगलागी हुँदा जलेर गम्भीर घाइते कांग्रेस नेता चन्द्र भण्डारीको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा पहिलो शल्यक्रिया सफल भएको उनका सहयोगी योगराज कँडेलले ह्वाटस्एपमार्फत जानकारी दिएका छन्। 

ग्यास सिलिन्डरमा आगलागी भएपछि जलेर घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो। त्यहाँ शुक्रबार उनको दुवै खुट्टाको शल्यक्रिया सफलतापूर्वक सकिएको काठमाडौंस्थित उनको सचिवालयले बताएको छ। 

अहिले भण्डारीलाई आईसीयुमा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार भण्डारीको दोस्रो अप्रेसनका लागि अस्पतालका डाक्टरले आफन्तसँग परामर्श गरिरहेका छन्। शुक्रबार बिहान साढे १० बजे पहिलो सर्जरी र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारी थालिएको थियो। 

प्रकाशित: Feb 17, 2023| 16:00 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्