शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पतिले विदेशबाट पठाएको २२ लाखसहित पत्नीले दोस्रो बिहे गरेपछि...

पतिले विदेशबाट पठाएको २२ लाखसहित पत्नीले दोस्रो बिहे गरेपछि...

काभ्रेको महाभारत गाउँपालिका–८ घर्तीछाप आकुराकी सपना र खानीखोला गाउँपालिका–४ सिरुटारका लोप्साङ स्याङ्तानबीच २०७२ मंसिरमा विवाह भएको थियो। बिहेपछि श्रीमती र छोराको सुखको खोजीमा मलेसिया गएका बेला श्रीमतीले दोस्रो पतिसँग बिहे गरी २२ लाखसमेत झ्वाम पारेकी छन्।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– घरव्यवहार चलाउन र बिहेपछि जन्मिने सन्तानको भविष्यको सपना पूरा गर्न विदेश गएका श्रीमान्को आम्दानीलाई श्रीमतीले अर्को पतिलाई सुम्पिएको घटना बिरलै सुन्न पाइन्छ। बिहेपछि सन्तानको सुबिस्तापूर्वक जीविकोपार्जनका लागि पति लोप्साङ स्याङ्तान मलेसिया रोजगारीमा गएको दुई महिनामै श्रीमती सपना सिङ्तानले दोस्रो श्रीमान् सगुन तामाङसँग बिहे गरेकी छन्। सपनाले दोस्रो पति रोज्दा पहिलो श्रीमान्ले विदेशबाट पठाएको २२ लाख रुपैयाँसमेत कुम्ल्याएकी छन्।

काभ्रेको महाभारत गाउँपालिका–८ घर्तीछाप आकुराकी सपना र काभ्रेको खानीखोला गाउँपालिका–४ सिरुटारका लोप्साङ स्याङ्तानबीच २०७२ मंसिरमा विवाह भएको थियो। बिहेपछि उनका एक छोरा जन्मिएका छन्।

आफ्नी श्रीमती र छोराको सुख अनि खुसीको खोजीमा मरुभुमिमा रगत, पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरेका यी जोडी हाल बाराको निजगढ नगरपालिका–१० स्थित लालमा छन्।

श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९४४ रुपैयाँ झ्वाम पारेले सपनाले दोस्रो पतिसँग घरबार बसालेकी छन्।

सपनाका पहिलो पति लोप्साङ विवाह गरेको १ वर्षपछि वैदेशिक रोजगारको सिलसिलामा मलेसिया उठेका थिए। उनीहरूको सम्बन्ध राम्रै थियो। श्रीमान् विदेशिएपछि सासू–ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेकी उनी दोस्रो पति रोज्नुअघि बनेपामा बस्न थालेकी थिइन्।

Metro Mart
worldlink

बनेपामा डेरा सरेसँगै सपनाले पहिलो श्रीमान्लाई बिर्सिएर दोस्रोमा आँखा लगाउन थालेकी थिइन्। सपनाले विदेशिएको श्रीमान् र छोराको भविष्यतिर ध्यानै दिइनन्। विदेश रहेका श्रीमान्लाई घडेरी किन्ने बताएर मलेसियाबाट पैसा पठाउन करकाप गरिरहन्थिन्, सपना। श्रीमान् लोप्साङले पनि श्रीमतीको आग्रहलाई टार्न सकेनन् र खुरुखुरु पैसा पठाउँदै गए।

श्रीमती सपनाप्रति लोप्साङको कुनै शंका थिएन। छुट्टीका बेला फोन गर्दा छोरासँग गफिएर बस्ने लोप्साङले आफ्नी श्रीमती पहिलाजस्तो बोल्न नखोज्ने, फोन घन्टौंसम्म बिजी भइरहने घटना बढेपछि शंका मान्न थाले। यसबारे सपनासँग सोधीखोजी गर्दा उनले दाइसँग फोनमा कुरा गरेको भनी ढाँटेर जवाफ दिइरहन्थिन्। कहिलेकाहीँ १ सातासम्म सपनाको फोन अफ हुने गरेको मलेसियाबाट घर आएका लोप्साङले बताए।

विदेश गएको करिब ५ वर्षपछि लोप्साङ २०७९ साउनमा घर फर्किने तयारीमा थिए। श्रीमती सपनाले आफू नेपाल आउने भएको थाहा पाएपछि एक महिना अघिदेखि नै कल उठाउन छाडेको उनले सुनाए। पहिलो श्रीमान्लाई छाडेर दोस्रो बिहे गरेकी सपना दोस्रो पति सगुनसँग कहिले पोखरा, कहिले चितवन घुमेर रमाए। ४ वर्षीय छोराको विचल्ली पारे। विदेश रोजगारीमा रहेका लोप्साङ भने आफ्नी श्रीमती किन पहिलाभन्दा धेरै परिवर्तन भइन् भन्ने प्रश्न मनमा बारम्बार उब्जाइरहन्थे। विदेश जाँदा विमानस्थलसम्म बिदा गर्न आएकी श्रीमतीले  धोका दिँदिनन् भन्ने विश्वासमा उनी रहँदै आए।

श्रीमतीको व्यवहारबाट वाक्कदिक्क भएका उनी २०७९ साउनमा नेपाल आए। श्रीमती सपनाको फोन नउठे पनि उनले म्यासेन्जर र मोबाइलमा म नेपाल आइपुग्दै छु भनेर म्यासेज गरे। कुनै जवाफ आएन। विमानस्थलमा पनि सपना लिन आइनन्। यसबाट आशंकाले झनै शंका उब्जिएको उनी बताउँछन्।

विदेशबाट आएको पहिलो दिन लोप्साङ आमाबुबासँगै बसे। दुःख–सुखका कुरा गरे। आफ्नी श्रीमती नहुँदा उनलाई नरमाइलो लागिरहेको थियो। बनेपातिर डेरा लिएर बसेको भन्नेसम्म सुनेका उनले त्यहाँ आफन्तसँग सोधीखोजी गरे। श्रीमती सपनालाई खोज्दै जाँदा उनको डेरा पत्ता लगाए। आफ्नै श्रीमान्, सासू–ससुरा आँखै अगाडि देख्दा सपना आत्तिइन्। मेरो डेरामा किन आएको भनेर उल्टै हप्काइन्। छोरा–बुहारी मिलेर बस्नू भनी लोप्साङका बाआमा भक्तपुर फर्किए।

करिब ४५ दिन नेपाल बस्दा सपनाको मोबाइल छुनसमेत नपाएको लोप्साङ बताउँछन्। विदेशबाट पठाएको पैसाले जग्गा लिनुपर्छ भन्ने सोचले नेपाल आएका लोप्साङलाई श्रीमती सपनाले हिसाबकिताब देखाइनन्, बरु आफन्तकहाँ बस्न थालिन्। श्रीमतीले छाडेपछि लोप्साङमाथि छोरा स्याहार्ने जिम्मा आइलाग्यो। लोप्साङले सहनसम्म सहे। छोराको बिचल्ली पारेको, डेरामा परपुरुष राखेको कुरा वरिपरिका छरछिमेकले लोप्साङलाई सुनाए। 

त्यसपछि छोरा र श्रीमतीलाई बाआमासँगै राख्न लोप्साङले बनेपा डेरामा रहेका सामान गाडीमा लोड गरे। तर सपनाले भक्तपुरमा सासू–ससुरासँग सँगै नबस्ने अडान लिइरहिन्। सपनाको निर्णय नभए पनि उनी छोरा लिएर भक्तपुर आए। सपना आइनन्। 

त्यसपछि छोरालाई बाआमासँग छाडेर लोप्साङ मलेसिया गए। उनी विदेश गएको केही समयमै दाइ भन्ने केटासँग सपनाले बिहे गरिन्। यो खबर सुनेपछि उनले आत्महत्याको प्रयाससमेत गरे। हाम्रो गाउँमा तपाईंको गाउँको मान्छे बिहे गरेर आइपुगेको छ भनी लोप्साङलाई आफन्तले फोटो पठाएका थिए। दोस्रो श्रीमान् रोजेकी सपनाले पहिलो श्रीमान्ले दिएको १ तोला गहनासँगै २२ लाखको थैलोसमेत बोकेर गइन्।

सपनाले दोस्रो श्रीमान् रोजेपछि पहिलो पति लोप्साङका बाबुले रकम र गरगहना फिर्ता गर्नुपर्ने आशयसहितको निवेदन जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता गराएका छन्। उनले भने, ‘छोराले मलेसियाबाट पठाएको रकम फिर्ता गर्न र दोस्रो बिहे गर्ने तामाङलाई कारबाही गर्न प्रहरीमा निवेदन दिएको छु। चार वर्षको नातिलाई बेसहारा बनाएर अर्को पति रोज्ने सपनालाई पनि कारबाही हुनुपर्छ।’ यता, सपना भने दोस्रो श्रीमान्सँगै सम्पर्कविहीन छन्।

प्रकाशित: Feb 17, 2023| 18:00 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।