सोमबार, वैशाख १५, २०८२

सुरु भयो कर्णाली उत्सवको चौथो संस्करण

कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा शुक्रबार सुरु भएको उत्सव कुडा कर्नालीको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव कर्णालीको उत्सवको चौथो संस्करण सुरु भएको छ। कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा शुक्रबार सुरु भएको उत्सव कुडा कर्नालीको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे। 

तीन दिनसम्म चल्ने उत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले समृद्ध कर्णाली निमार्णका लागि छेडिएको यो बहसले कर्णालीको विकासमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए। कर्णालीमा समस्याको ब्याख्या गर्नेहरुको कमी नभएको बताउँदै मुख्यमन्त्री शर्माले समस्याको समाधान गर्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताए। त्यसका लागि निरन्तर छलफल र बहसको आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शर्माले नीति निर्माण र कार्यान्वयनमा पनि अपनत्व लिनुपर्ने बताए।

‘हामीले कर्णालीका चुनौति र कर्णालीका सम्भावनाका विषयमा छलफल बहस निरन्तर गर्न आवश्यक छ। यसका लागि नीति निर्माण र कार्यान्यवनमा अपनत्व लिनु छ। यी दुई कुरालाई एकसाथ अघि बढाउनु छ,’ मुख्यमन्त्री शर्माले भने, ‘बहस लिएर जनतासमक्ष पुग्ने र कार्यान्वयनका लागि जनस्तरबाट सहयोग पाउने कुरा जटिल कुरा हो। समृद्ध कर्णाली कसरी निमार्ण गर्ने भन्ने कुरामा छेडिएको यो बहसले सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएका छौं।’

मुख्यमन्त्री शर्माले  संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख व्यवस्थामा पुग्ने बाटो र तरिकाको बारेमा पनि बहस र बहस र छलफल गर्नुपर्ने बताए। ‘हामी सबैले चाहेको र सोचेको समाजवाद सुख हो र खुसी हो। हाम्रो सुख आर्थिक समृद्धिसँग जोडिएको छ। यसलाई आत्मसाथ गरेर छलफल र बहस चलाउनु छ,’ उनले भने ‘नेपाली नागरिकले राष्ट्रप्रतिको दायित्वबोध कसरी गर्छ भन्ने कुराले नै धेरै कुरा निर्धारण गर्छ। शिक्षा स्वास्थ्य, रोजगार र पूर्वाधारमा केन्द्रीत भएर बहस गर्दा नै सही ठाउँमा पुग्छौं भन्ने लाग्छ।’

उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उत्सवलाई वीरेन्द्रनगर नगरपालिकाले गर्ने सहयोगमा कुनै कमी नहुने बताए। उनले  उत्सवमा हुने बहसले प्रदेश सरकार र यस प्रदेशभित्रका सबै स्थानीय सरकारलाई एउटा मार्गनिर्देशन हुने बताए। राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले कर्णालका मान्छेको कुरा सुनाउने उदेश्यले कर्णाली उत्सवको आयोजना गरिएको बताए। उनले कर्णालीलाई संघीयता चाहिए पनि सामाथ्र्यको अभाव रहेकाले सामाथ्र्यको अभाव महसुस गरिएकाले कार्यक्रमको आयोजना गरिएको बताए।

Metro Mart
worldlink

कुल १६ सत्र रहेको कर्णाली उत्सव ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: Feb 17, 2023| 13:53 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।