बिहीबार, असार ५, २०८२

करिश्माको मानहानि आरोपमा डिल्लीराम खनाल पक्राउ

मानन्धरले आफूविरुद्ध अफवाह फैलाएको भन्दै खनालविरुद्ध माघ २५ गते साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– अभिनेत्री ‍करिश्मा मानन्धरको मानहानी गरेको आरोपमा युट्युबमा अन्तर्वार्ता दिई चर्चामा आएका डिल्लीराम खनाल पक्राउ परेका छन्। उनलाई प्रहरीको साइबर ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको हो।

मानन्धरले आफूविरुद्ध अफवाह फैलाएको भन्दै खनालविरुद्ध माघ २५ गते साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।

खनालले एक युट्युब अन्तर्वार्तामा मानन्धरको मानहानी हुनेगरी अन्तर्वार्ता दिएका थिए।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएकी थिइन्। युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए। उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ।

‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ? लिभिङ टुगेदर?’ लेख्दै करिश्माले फेसबुकमा आक्रोश समेत व्यक्त गरेकी छन्।

प्रकाशित: Feb 17, 2023| 12:52 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।