शुक्रबार, वैशाख १९, २०८२

तीन किलो गाँजासहित दुई भारतीय पक्राउ

विराटनगरबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

विराटनगर- विराटनगरबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेकाको साथबाट तीन किलो गाँजा र एउटा भारतीय मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाटबिहीबार राति भारत अररिया दक्षिण महेश्वरीका २३ वर्षीय सुनीलकुमार साह र अररिया विसनपुरका ३९ वर्षीय प्रमोद यादव पक्राउ परेका हुन्। बीओपी (बोर्डर आउट पोस्ट) रानीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक थानबहादुर खड्का नेतृत्वको टोलीले राति ८ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। 

पैदल नै भारतको जोगवनीतिर जाँदै गरेका साहलाई सुरूमा सशस्त्रले नियन्त्रणमा लिएको थियो। खानतलासी गर्दा उनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार सोधपुछका क्रममा साहले उक्त गाँजा आफूलाई प्रमोद यादवले दिएको र भारततिर लैजान भनेको बताएका थिए। 

त्यसलगत्तै खोजतलास गरेर यादवलाई बीआर ३८ सी २६०६ नम्बरको मोटरसाइकलसहित विराटनगर–१५ बाटै पक्राउ गरिएको थापाको भनाइ छ। उनले पक्राउ परेकाहरुको साथबाट २ वटा भारतीय आधार कार्ड र नेपाली १ हजार २ सय १० रूपैयाँसमेत बरामद भएको बताए। 

एसपी थापाका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद भएको गाँजा तथा नियन्त्रणमा लिएको मोटरसाइकलसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। 

Metro Mart
worldlink

प्रकाशित: Feb 17, 2023| 11:45 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।