शुक्रबार, जेठ ३, २०८२

सरकार व्यापारी सोचमा भासिएपछि भुइँतहका नागरिक प्रताडित : पूर्वन्यायमूर्ति सुशीला कार्की

सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक सामाजिक क्षेत्रमा व्यापार गर्दा गरिब नागरिकले सास्ती पाइरहेको पूर्वन्यायाधीश कार्कीको दाबी।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– भ्रष्टाचारको सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला राज्यले हरेक क्षेत्रमा व्यापारिक नीति अँगालेपछि भुइँतहका नागरिक प्रताडित हुनुपर्ने अवस्था सिर्जिएको बताएकी छन्। शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गर्दा यस्तो अवस्था आएको बताएकी हुन्।

शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका घरपरिवारले छोराछोरीलाई अध्ययन गराउन नसक्ने स्थिति आइसकेको उनको भनाइ छ। ‘सरकारले दिइरहेको छात्रवृत्ति र सहुलियत कसले पाउँछ, त्यो पनि थाहा हुँदैन। गरिब र जेहनेदार विद्यार्थीका लागि राज्यबाट छुट्याइने गरेको छात्रवृत्ति कोटामा समेत राजनीति हुने गरेको छ,’ उनले भनिन्। 

मान्छेको मृत्युपछि आर्यघाटमा जलाउन लगिएको शवमाथि पनि व्यापार हुने हुँदा गरिबगुरुवाले चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको पूर्वप्रधानन्यायाधीश कार्कीले दाबी गरिन्। 

शिक्षामा व्यापार हुन्जेल सामाजिक उत्थानका कार्यक्रम सफल नहुने उनको भनाइ छ। नागरिकलाई गाँस, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्नुपर्नेमा राजनीतिक दलहरू कुर्सीका लागि भिडन्तमा रमाइरहेको उनको आरोप छ। सरकारमा बस्नै सबै व्यापारी भएकैले नागरिकको जीवनस्तर झनै कठिन बन्दै गएको उनले बताइन्।

प्रकाशित: Feb 17, 2023| 11:36 शुक्रबार, फागुन ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्