बुधबार, असार १८, २०८२

श्रीमती र छोराछोरीको हत्या गर्न खोजेपछि...

रुपन्देहीको देवदहमा श्रीमती र छोराछोरीको हत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

बुटवल- रुपन्देहीको देवदहमा श्रीमती र छोराछोरीको हत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन्। देवदह ९ कालिका टोलस्थित ३९ वर्षका रामबहादुर बिकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो।

विकले सोमबार साँझ आफ्नै घरमा श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाएका थिए। 

घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरु जुटेर उद्दार गरेका थिए। 

आरोपित विकलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ।

प्रकाशित: Feb 17, 2023| 09:25 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्