सोमबार, वैशाख २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बजारमा म्याद नाघेका बियर छ्यापछ्याप्ती, २७ सय कार्टुन बरामद

बजारमा म्याद नाघेका बियर छ्यापछ्याप्ती, २७ सय कार्टुन बरामद

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनका क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

बजारमा बिक्रीका लागि उपलब्ध म्याद नाघेका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर वाणिज्य विभागले जफत गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनका क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो। 

टोलीले टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब ३५५ कार्टुन नियन्त्रणमा लिएको छ। साथै मिति गुज्रिएका बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ। ‘उल्लेखित ब्राण्डका करिब १३ लाख ९० हजार रुपैयाँको बियर सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाममा भण्डारण गरिएको अवस्थामा फेला पर्यो,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक कारबाहीका लागि गोदाम शिलबन्दी गरिएको छ।’

सिनामंगलमै रहेको सीके ट्रेडिङ प्रालिको गोदाममा पनि सुरक्षित उपभोग्य अवधि सकिएका टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्गका करिब ३ सय कार्टुन बियर फेला परेको छ। सीके ट्रेडिङको गोदाममा करिब ८ लाख ७५ हजार मूल्यको म्याद नाघेको बियर भेटिएको विभागले जनाएको छ। उक्त गोदामलाई पनि शिलबन्दी गरिएको छ। ‘दुई वटा गोदामबाट शिलबन्दी गरिएका बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने देखिन्छ,’ विभागले भनेको छ।

त्यसअघि विभागको अनुगमन टोलीले मंगलबार याक ब्रुअरी कम्पनीद्वारा उत्पादित बाह्रसिंगे ब्राण्डका गोदाममा अनुगमन गरेको थियो। धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिका ३ गोदाममा अनुगमन गर्दा सुरक्षित उपभोग्य अवधि सकिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिएको विभागले जनाएको छ। ‘६ सय ५० मिलि र ३ सय ३० मिलिलिटर बोत्तलमा रहेका २१ सय कार्टुन बियरको मूल्य करिब ६० लाख रुपैयाँ पर्ने देखियो। निरीक्षण टोलीले आवश्यक कारबाहीका लागि शिलबन्दी गरेको छ,’ विभागले भनेको छ।

प्रकाशित: Feb 16, 2023| 14:45 बिहीबार, फागुन ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्