मंगलबार, वैशाख २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्टजको सेवा नेपालमा

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्टजको सेवा नेपालमा

त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स लिमिटेडलाई आधिकारिक रुपमा प्रतिनिधि नियुक्त गरेको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- विदेशमा ख्याती प्राप्त हर्टजले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स लिमिटेडलाई आधिकारिक रुपमा प्रतिनिधि नियुक्त गरेको छ।

प्रेसिडेन्टले मलेसियन एयरलाइन्स, रेल युरोप र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्टज, थ्रीफिफ्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग यो सहकार्यपछि काम गर्ने जनाइएको छ। 

साझेदारी पछि हर्टज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरुको पहुँचमा हुनेछ।

यो सुविधा अनुसार अब नेपालीहरुले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने छन्। हर्टजका एसिया प्रशान्त उपाध्यक्ष इयोन म्याकनिलले अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टुर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन्।

यसैगरी प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्टजसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए। नेपाली बजारमा हर्टजको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधा पाउने र साथै छनोटको विकल्प पनि खुला हुने उनको भनाइ छ। प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले हर्टजलाई दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न र लगानी बढाउन मद्दत गर्नेछ।

Metro Mart
worldlink

 ग्लोबल होल्डिङ्स अन्तर्गत रहेको हर्टजले उत्तर तथा दक्षिण अमेरिका, युरोप, क्यारिबियन, अफ्रिका, मध्यपूर्व, एशिया, अष्ट्रेलिया र न्यूजील्याण्ड क्षेत्रमा हर्टज, डलर र थ्रिफ्टी ब्राण्डहरू मार्फत गाडी भाडामा उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आइरहेको छ। हर्टज संसारभरमै यस प्रकारले सवारी भाडामा उपलब्ध गराउने ठूलो कम्पनीहरूमध्ये एक हो। 

प्रकाशित: Feb 16, 2023| 14:03 बिहीबार, फागुन ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्