काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रततोला तीन सय रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ रहेको महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ रहेको छ। बुधबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ।