शनिबार, वैशाख २०, २०८२

भारततर्फ लैजादै गरेको मदिरासहित तीन भारतीय पक्राउ

रौतहटको सदरमुकाम गौरबाट भारतीय नम्बरको गाडिमा राखेर भारततर्फ लैजान लागेको मदिरासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

रौतहट- रौतहटको सदरमुकाम गौरबाट भारतीय नम्बरको गाडिमा राखेर भारततर्फ लैजान लागेको मदिरासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पचपकडी १३ का ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओमप्रकाश कुमार र कसवाकपुर पकरी १६ का २५ वर्षीय महमद सलमान रहेका छन्। उनीहरूले प्रयोग गरेको डिएल ४ सिएनबी ०६१६ नम्बरको स्कर्पियो गाडी र १४ हजार २५० मूल्य बराबरको ५७० बोतल सौंफी मदिरा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।

बुधबार साँझ ५ बजे भारत लग्ने अभिप्रायले सीमावर्ती क्षेत्र  गौर नगरपालिका  ४ दालमिल स्थित मोहन अग्रवालको बगैँचा नजिकै उक्त  स्कारपियो गाडीमा रोकी सौफी रक्सी लोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौरबाट गएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । भारत विहार राज्य जिल्ला मोतिहारी ग्राम पचपकडी बरामद मदिरासहित गाडीको कुल नौ लाख चौध हजार दुई सय पचास मुल्यांकन गरि पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि  गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

भारत बिहार मुख्यमन्त्री नितिस कुमार नेतृत्वको सरकारले मदिराजन्य पदार्थ उत्पादन, बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएपछि तस्करहरूले रौतहट लगायत नेपालको सीमावर्ती बजारबाट अवैध रूपमा मदिरा लैजाने गरेको छन्।

प्रकाशित: Feb 16, 2023| 08:25 बिहीबार, फागुन ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।