काठमाडौं- आज केही प्रदेशमा मौसम आंशिक बदली रहे पनि बाँकी भूभागमा सफा रहने छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
मौसमी प्रणाली सक्रिय नरहे पनि आज तराईका केही भूभागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। जुन मध्य दिनसम्म नै रहने छ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।
तराईका एक-दुई स्थानमा लागेको हुस्सु मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।