काठमाडौं- खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको आइसीयूमा राखेर उपचार भइरहेको छ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको दुवैको कीर्तिपुर अस्पतालमा आइसीयूमा उपचार भइरहेको हो।
भण्डारीका स्वकीय सचिव भूवन भुसालका अनुसार भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशतभन्दा धेरै जलेको छ।