संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ। संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन्।
प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकुलपतिमा कवि विमल निभाई नियुक्त भएका छन्। कुलपतिको सपथ विहीबार हुनेछ। सदस्यसचिवमा प्रा.डा. धनप्रसाद सुवेदी नियुक्त भएका छन्।
प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन्। साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन्।