सोमबार, वैशाख १५, २०८२

'प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौं'

लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताए।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताएका छन्। 

लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताए। उनले भने, ‘प्रदेशवासीलाई सुन्दर र नमूना राजधानी सहर हस्तान्तरण गर्नेछौँ।’

मुख्यमन्त्री गिरीले ‘समृद्ध प्रदेश, आत्मनिर्भर जनता’ को अभिभारा पूरा गर्न लागिपरेको भन्दै सरकारको अभियानमा जोडिन सबैलाई आग्रह गरे। ‘मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमूना प्रदेश बनाउने अभियानमा सरकार लागिपरेको छ’, उनले भने, ‘हामी जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ, नागरिकलाई परिवर्तनको आभाष दिलाउने गरी काम गर्छौँ।’

प्रदेशको समृद्धिका आधार खोजी गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले प्रदेशको समृद्धिका आधारको खोजी पहिल्याउने बताए। उहाँले कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने बताए।

पूर्वाधारको विकासले मात्र प्रदेश समृद्ध नहुने बताउँदै मुख्यमन्त्री गिरीले जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। ‘समृद्धिसँग पूर्वाधार विकासलाई मात्र जोड्ने गरिन्छ। पूर्वाधारको विकास हुँदैमा मुलुक समृद्ध बन्दैन’, उनले भने, ‘जनताको जीवनस्तरमा सुधार नआउँदासम्म समृद्धिको अर्थ रहँदैन भन्ने विषयलाई आत्मसात् गर्दै सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम पनि सँगसँगै अगाडि बढाउँछ।’

Metro Mart
worldlink

सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँच वर्ष उपलब्धीमूलक रहेको बताउँदै मुख्यमन्त्री गिरीले पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको स्पष्ट पारे। प्रदेशवासीले अपनत्व महसुस गर्नेगरी प्रदेशको राजधानी र नामकरण टुङ्गो लगाएको बताउँदै संघीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीव्ररुपमा अगाडि बढाउने बताए।

कार्यक्रममा प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले पूर्वाधार अभावमा सरकारका सम्पूर्ण संरचना राजधानीस्थलमा स्थानान्तरण हुन नसकेको बताए।  उनले भने, ‘पूर्वाधारको अभावमा सरकारका सबै कामकारबाही राजधानीस्थलबाट सञ्चालन गर्न सकिरहेका छैनौँ। अबको एक महिनाभित्र सरकारका सबै सेवा राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाटै सुरु गर्ने गरी सरकार लागिपरेको छ।’

कार्यक्रममा प्रदेशको कला संस्कृति झल्कने विभिन्न जातजाति, समुदायका सांस्कृतिक कार्यक्रमसहितका झाँकी प्रस्तुत गरिएका थिए। प्रस्तुत झाँकीअन्तर्गत दाङ घोराहीको मगर महिला समुदायको भुम्या नृत्य प्रथम, राप्ती गाउँपालिका–३ मगर समुदायको पञ्चेबाजा समूह द्वितीय, थारु समुदायको बड्का नाच तृतीय स्थान हासिल गरेका छन्। उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। 

प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेशमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न ६१ जनालाई विभूषित गरिएको छ। प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ। यादवलाई सङ्घीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पुर्‍याएको भन्दै विभूषित गरिएको हो।  

यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डा मोहिउद्दिन किदवाई र डा राजन पाण्डेलाई विभूषित गरिएको छ। डा किदवाईलाई नेपालमै अधिक शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा रहेको सिकलसेल एनेमिया र थाले सिमियासम्बन्धी स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउन अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याएको भन्दै विभूषित गरिएको हो।

प्रकाशित: Feb 15, 2023| 19:00 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।