शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् गोंगबुमा मोबाइल लुट्ने र प्रहरीको गाडी जलाउने ९ अभियुक्त

यी हुन् गोंगबुमा मोबाइल लुट्ने र प्रहरीको गाडी जलाउने ९ अभियुक्त

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजका आधारमा प्रहरी उनीहरुसम्म पुगेको हो। पक्राउ परेकाहरुसँग लुटेको सामान पनि फेला परेको प्रहरीले बताएको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौंको गोंगबुस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गर्ने र प्रहरीको भ्यानमा आगजनी गर्ने ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटपाटमा। प्रहरी परिसरले पक्राउ परेकाहरुलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा उदयपुरको बलम्ता गाउँपालिका २ घर भई तार्केश्वर नगरपालिका १० मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घर भई टोखा नगरपालिका ३ बानियाटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङको बेँसीसहर नगरपालिका ५ घर भई तार्केश्वर नगरपालिका १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेको मानेडाँडा घर भई हाल ठमेल बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठानको कडी गाउँपालिका १ घर भई गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर र काभ्रेको भुम्लु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १६ गंगाहल बस्ने २० वर्षीय आशीष खड्का रहेका छन्। 

उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट दिन ३ म्याद थपिएको प्रहरीले जनाएको छ। अन्य १० जना अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ र छानबिन भइरहेको प्रहरीले बताएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजका आधारमा प्रहरी उनीहरुसम्म पुगेको हो। पक्राउ परेकाहरुसँग लुटेको सामान पनि फेला परेको प्रहरीले बताएको छ।

फागुन १ गते काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायहरूले ट्राफिक कारवाही लगायत विषयमा विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा गाडी जलाइनुका साथै मोबाइल पसलमा लुटपाट भएको थियो।

Metro Mart
worldlink

त्यसक्रममा प्रहरी वृत्त बालाजुबाट सुरक्षामा खटिएका प्रहरी बोकेका बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी जलाइएको थियो। घटनाका क्रममा गाडीभित्रको मोटोरेला बेस सेट एक थान, फायर स्ट्रिङ्गुइजर एक थान, मेगा फोन एक थानसहित अरु सामन पूरै जलेका थिए। त्यस्तै बा १ झ ७२२४ नम्बरको माज्दा गाडीभित्रको हाइटेरा बेस सेट १ थान, फायर स्ट्रिङ्गुइजर एक थान र मेगाफोन थानसहित जलेर नष्ट भएका छन्।

प्रदर्शनकारीले माछापोखरी प्रहरी बिटमा समेत ढुंगामुढा र आगजनी गरेका थिए। त्यसक्रममा बिटभित्रको हाइटेरा ह्याण्ड सेट चार्जर २ थान र त्यसको दुई थान ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उनीहरुले त्यहीँको ट्राफिक आइल्याण्डमा समेत तोडफोड र आगजनी गरेका थिए। तोडफोडका क्रममा उक्त ट्राफिक आइल्याण्ड र त्यहीँ रहेको नेपाल टेलिकमको ट्रेलर मेसिन तथा १४४ कोर फाइबर केलब ३३ सय ७० मिटर जलेको थियो।

प्रकाशित: Feb 15, 2023| 18:08 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।