मंगलबार, वैशाख २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलको सहकार्यमा सिक्वल फाउन्डेसनको ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ कोड क्राफ्टर्सले जित्यो

एनसेलको सहकार्यमा सिक्वल फाउन्डेसनको ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ कोड क्राफ्टर्सले जित्यो

एनसेल आजियाटासँगको सहकार्यमा सिक्वल फाउन्डेसनले आयोजना गरेको नेपालको हालसम्मकै ठूलो महिला हाकाथन ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ टिम कोड क्राफ्टर्सले जितेको छ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- एनसेल आजियाटासँगको सहकार्यमा सिक्वल फाउन्डेसनले आयोजना गरेको नेपालको हालसम्मकै ठूलो महिला हाकाथन ‘ह्‍याकिङ फर ह्‍युम्यानिटी’ टिम कोड क्राफ्टर्सले जितेको छ।

कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने समाधान उपायहरुमा काम गरेको आयोजकले जनाएका छन्। तीन दिनसम्म चलेको ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समूहहरुको पिचिङ् पश्चात विजयी समूहहरुको घोषणा गरिएको थियो।

ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले डेढ लाख नगद पुरस्कारसहित  प्रथम पुरस्कार जितेको छ। टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ।

त्यस्तै पर्यटक क्षेत्रलक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोस्रो भई एक लाख नगद जितेको छ। ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अलर्ट सिस्टमले तेस्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जितेको आयोजकले जनाएका छन्।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताए।

Metro Mart
worldlink

उनले भने ‘यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी भएको छ। यसले महिला र नन–बाइनरी छात्राहरुलाई अवसरका साथै उनीहलाई आवश्यक प्लाटफर्म प्रदान गरेको छ।’

एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिबद्धता अनुरुप महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उदेश्य अनुरुप सिक्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो।

गर्ल्स इन टेक र वुमन इन बिग डेटा साझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरुलाई एक साथ नवीन सोलुसन्सहरु विकासको लागि अवसर प्रदान गरेको थियो।

माघ २७ देखि २९ सम्म आयोजित ह्याकाथनमा विभिन्न विषयहरुमा टक कार्यक्रम र कार्यशालाहरु आयोजन गर्दै सहभागी छात्राहरुलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सीपहरु प्रदान गरिएको थियो।

पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमहरुले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए। ह्याकाथनमा सहभागी हुँदा सहभागीहरुले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरुबाट प्रशिक्षण पाएका थिए।

शिक़्वल फाउन्डेसनका सह–संस्थापकहरु आस्था शर्मा र मेलिशाा घिमिरेले  आगामी ह्याकाथनको लागि तत्पर रहेको बताए। यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्‍याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटर्फम प्रदान गरेको थियो।

महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो। यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व र आबद्धता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्ने आयोजकहरुको विश्वास छ।

प्रकाशित: Feb 15, 2023| 17:38 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्