नुवाकोटको लिखु गाँउपालिका–१, ढिकुरेका किसान बजार लैजान आलु खन्दै । आलुको जोन क्षेत्रसमेत रहेको यहाँका किसानले व्यावसायिक रुपमा आलु लगाउँदै आएका छन् । अघिल्ला वर्षहरुमा यस सिजनमा आलुको मूल्य प्रतिकिलो रु ४० पाउने गरेकोमा यो वर्ष रु २०-२२ मा बिक्री गर्न बाध्य भएकाले लगानी अनुसार आम्दानी नहुने भन्दै किसान चिन्तित देखिन्छन् । तस्बिरः रासस