शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन- ल्होत्से मलमा भएको लुटपाटमा संलग्नलाई कारवाही गर्नुस्

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन- ल्होत्से मलमा भएको लुटपाटमा संलग्नलाई कारवाही गर्नुस्

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा निकायका प्रमुखलाई बोलाएर उनले तोडफोड र आन्दोलनमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएका हुन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटबारे चासो राखेका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा निकायका प्रमुखलाई बोलाएर उनले तोडफोड र आन्दोलनमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएका हुन्।

सोमबार यातायात व्यवसायीको आन्दोलन चर्किरहँदा ल्होत्से मलभित्रको मोबाइल पसलमा तोडफोड गरेर लुटपाट भएको थियो। मोबाइल पसलबाट करिब ८ करोडभन्दा बढी रकम बराबरको मोबाइल लुटपाट भएको मोबाइल व्यवसायी महासंघले दाबी गरेको छ।

सोही घटनामाथि छलफल गर्दै प्रधानमन्त्रीले भने, ‘राजधानीमै यस प्रकृतिका घटना भएका छन्, यस्ता घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। त्यस्तो अप्रिय घटना कसरी घट्न पुग्यो, गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारवाही गर्नुस्।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी उक्त बैठकमा प्रधानमन्त्रीलाई घटनामा ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वानुमान गर्न नसकिएको ब्रिफिङ गरिएको थियो।


प्रकाशित: Feb 15, 2023| 17:17 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।