मंगलबार, वैशाख २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विदेश रोजगारीको बिमा रकम प्राप्ति प्रक्रियामा नठगिन बोर्डको आग्रह

विदेश रोजगारीको बिमा रकम प्राप्ति प्रक्रियामा नठगिन बोर्डको आग्रह

वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा उपचारका लागि प्राप्त हुने आर्थिक सहायता तथा बिमा रकम प्राप्तिका लागि असम्बन्धित व्यक्ति र बिचौलियाको विश्वासमा नपर्न बोर्डको आग्रह।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं– वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा बिरामी भए कानुनबमोजिम प्राप्त हुने बिमा रकम अर्थात् आर्थिक सहायता प्राप्ति प्रक्रियामा सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

वैधानिक तबरबाट विदेश रोजगारीमा रहेकाको अकालमा ज्यान गए वैदेशिक रोजगार बोर्ड सचिवालय र वैदेशिक रोजगार (म्यादी) जीवन बिमाबाट आर्थिक सहयोग उपलब्ध गराइँदै आएको छ।

बोर्डले सहायता प्रदान गर्ने क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया पूरा गरेर मात्र निवेदन दिन र बोर्ड सचिवालयले तोकेको ढाँचामा आवश्यक कागजपत्र संलग्न गरी स्थानीय तहमार्फत निवेदन दिन आग्रह गरेको छ। रकम प्राप्तिका लागि भौतिक रूपमा काठमाडौं आउनुपर्ने नपर्ने बोर्ड सचिवालयले प्रस्ट पारेको छ। 

कल्याणकारी तथा बिमा सुविधा प्राप्त गर्न सेवा सहजीकरण गर्ने बहानामा मृतकको घरमा वा अंगभंग भएका व्यक्तिका आफन्तसम्म बिचौलिया पुगेर  प्रभावमा पारी विभिन्न रकम माग गर्ने गरेको सुन्नमा आएको बोर्डले जनाएको छ। 

वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा उपचारका लागि प्राप्त हुने आर्थिक सहायता तथा बिमा रकम प्राप्तिका लागि असम्बन्धित व्यक्ति र बिचौलियाको विश्वासमा नपर्न बोर्डले आग्रह गरेको छ। उनीहरूलाई कुनै रकम नदिन तथा आफ्नो बैंकसँग सम्बन्धित कागजात (चेक, एटिएम कार्ड) लगायतका आफ्ना महत्त्वपूर्ण कागजात सुरक्षित राख्नसमेत बोर्डले सुझाएको छ। 

Metro Mart
worldlink

यदि कसैले कुनै पनि बहानामा दुःख दिएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा गई उजुरी गर्न वा आफू नजिकको आप्रवासी स्रोत केन्द्रमा सहयोगका लागि सम्पर्क गर्न भनिएको छ।

प्रकाशित: Feb 15, 2023| 17:02 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्