शनिबार, वैशाख २०, २०८२

जनतासँग राप्तिका मेयर: गुनासो समाधानको प्रतिबद्धता

राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गरेको छ। सोमबार वडा नं ३ को प्रतापपुरमा नगरपालिकाले उक्त कार्यक्रम सञ्चलन गरेको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

चितवन- राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गरेको छ। सोमबार वडा नं ३ को प्रतापपुरमा नगरपालिकाले उक्त कार्यक्रम सञ्चलन गरेको हो।

जनताको सुझाव र गुनासो सुन्नको लागि उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख शमसेर लामाले बताए। कार्यक्रममा ६७ जना जनाताको कुरा सुन्न र प्रतिवद्धता जनाउन वडाका जनप्रतिनिधिको साथमा नगर प्रमुख उपस्थित भएका थिए। 

कार्यक्रममा कर्मचारीले समयमा काम नगरेका कुराहरु, वडाका जनप्रतिनिधि नभेटिएका गुनासोहरु, वडा र नगरपालिकाको नजरमा नपरेका टोलटोल र बाटामा आएका विभिन्न समस्याका बारेमा जनताले गुनासो गरेको नगरप्रमुख लामाले बताए। 

'जनताहरु चाहेको समयमा जनप्रतिनिधिहरु भेट्न नसकिरहेका हुन्छन्। हामी  गाउँठाउँमा गइसकेपछी जनतालाई भेट्न सक्छौँ। उहाँहरुसँग सोध्नपर्ने कुरा धेरै हुन सक्छ', मेयर लामाले भने।  जनता र जनप्रतिनिधि नजिक हुनको लागि जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिएको उनले बताए। उनी भन्छन्, 'जनप्रतिनिधि भनेको जनताको लागि काम गर्ने व्यक्ति हो। जनतालाई नै सोधेर नै काम गरौँ भन्ने हाम्रो चाहना हो।'

उनले आफ्नो कार्यकालमा चारवटा प्रतिबद्धता जनाएको बताए। कुनैपनि जनता घरबारबिहिन नहुने गरि विपन्नको घर बनाउने, नगरभित्र रहेका ५० वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई आगामी वर्षदेखि यातायात, पाठ्यपुस्तक, पोसाक उपलब्ध हुनेगरि निशुल्क शिक्षाको व्यवस्था गर्ने,अति विपन्न जनताको स्वास्थ्य बिमा गराउने र उक्त स्वास्थ्य बिमा राप्ति नगर अस्पतालमा नै लागु गराउने गरि औषधिसहितको स्वास्थ्य विमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनले बताए। 

Metro Mart
worldlink

उनले भने, 'अहिले मलको हाहाकारको अवस्था छ। त्यसको समधानको लागि राप्ति नगरपालिकामा नै पर्याप्त कम्पोष्ट मल उत्पादन गर्ने प्रतिवद्धता जनाएको छु। जैविक मलको उत्पादन वृद्धि गर्नका लागि पनि राप्ती नगरपालिकाका किसानसँग राय सल्लाह लिनको लागि पनि जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिएको हो।'

विभिन्न विषयमा आएका जनताका गुनासो तथा सुझावलाई कार्यपालिकामा राखेर जनप्रतिनिधिसँग छलफल गरि आगामी आर्थिक वर्ष बजेट व्यवस्थापन गर्ने उनले बताए।

प्रकाशित: Feb 15, 2023| 19:30 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।