आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संसद्‍मा प्रश्न- बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियो?

संसद्‍मा प्रश्न- बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियो?

नाबालिक बलात्कार मुद्दा लागेका सन्दीप २० लाख धरौटीमा छुटेका हुन्। क्यानले निलम्बन फुकुवा गरेपछि उनी अहिले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसद्‍मा प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर प्रश्न गरेकी हुन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा श्रेष्ठले भनिन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला? यो घटनाका कारण पीडितलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ।'

न्यायपालिकाको काम चुस्तदुरुस्त र पारदर्शी नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजित हुन थालेको बताउँदै उनले सन्दीप लामिछानेविरुद्धको मुद्दा छिटो छिनोफानो गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘सन्दीप लामिछानेको मुद्दा हेरौं, त्यो कहिलेसम्म छिनोफानो गर्छौं? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो? राष्ट्रको प्रतिनिधित्व गरेको व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला?’

नाबालिक बलात्कार मुद्दा लागेका सन्दीप २० लाख धरौटीमा छुटेका हुन्। क्यानले निलम्बन फुकुवा गरेपछि उनी अहिले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन्। 

प्रकाशित: Feb 15, 2023| 12:41 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।