आइतबार, वैशाख २१, २०८२

जोमसोमबाट पोखरा जाँदै गरेको बस पल्टियो, १७ घाइते

ना७ख ७४४० नम्बरको उक्त बस बुधबार बिहान साढे ८ बजेतिर लेतेको धम्पुसस्थित सडकबाट बस ४० मिटर तल कालीगण्डकी नदीमा खसेको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं– मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको यात्रुवाहक बस बेनी–जोमसोम कोरला सडकअन्तर्गत लेतेमा दुर्घटनाग्रस्त हुँदा १७ जना घाइते भएको मुस्ताङ प्रहरीले जनाएको छ। 

ना७ख ७४४० नम्बरको उक्त बस  बुधबार बिहान साढे ८ बजेतिर लेतेको धम्पुसस्थित सडकबाट बस ४० मिटर तल कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक हवल्दार कृष्ण परियारले बताए।

उनका अनुसार बस दुर्घटनाको खबर पाएलगत्तै जोसोमबाट प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलसहित प्रमुख जिल्ला अधिकारी, सेना र प्रहरीसहितको टोली घटनास्थल पुगेको छ। घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भीर भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको प्रहरीले बताएको छ।

बाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ। म्याग्दी, पोखरा र भारतीय सवार बस दुर्घटना हुनुका कारणबारे विस्तृत विवरण बटुल्ने क्रम जारी रहेको मुस्ताङ प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 15, 2023| 11:07 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।