शुक्रबार, असार ६, २०८२

चितुवाको छालासहित दुई जना पक्राउ

धादिङको थाक्रे गाउँपालिका-२ बाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

धादिङ- धादिङको थाक्रे गाउँपालिका-२ बाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।

मकवानपुर जिल्ला कैलाश गाउँपालिकादेखि धादिङको महादेवबेसीतर्फ आउने आग्रा मोरिया सडक खण्डमा चितुवाको सिंगो छालासहित मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १ चापाखर्कका ३० वर्षीय दिपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो।

छालाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरिक्षक डबल बहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो चितुवाको सिंगो छालासहित दुइ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक एसपी गौतम मिश्रले जानकारी दिए। 

पक्राउ परेका दुई जनालाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। शिरदेखि पुच्छरसम्म ७ फिट लम्बाई, अगाडीको बायाँ खुट्टादेखि दायाँ खुट्टासम्म ४ फिट ६ इन्ज, विचको पेटको भाग १ फिट ८ इन्च चौडाइ र पुच्छर २ फिट १० इन्च लम्बाइ रहेको चितुवाको छाला बरामत गरिएको हो। 

संरक्षित चितुवाको छालासहित पक्राउ परेका दुबै जनालाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको एसपी मिश्रले बताए।

प्रकाशित: Feb 15, 2023| 08:47 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।