आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लागूऔषध कारोबारमा संलग्न सात विदेशीसहित १३ जना पक्राउ

लागूऔषध कारोबारमा संलग्न सात विदेशीसहित १३ जना पक्राउ

चार थाई, दुई भारतीय र सात नेपालीलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्। चार थाई, दुई भारतीय र सात नेपालीलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेको हो। 

जिल्ला अदालतबाट म्याद लिएर उनीहरूमाथि कारबाही चलाउन अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको माप्यदूधकोसी–४ का ३५ वर्षीय लाक्पा शेर्पा, भारत बिहारको मधुवनीका ३८ वर्षीय फैज अहमद, धनुषा औरही–३ का २९ वर्षीय अयान रेजा, ४५ वर्षीय जाकिर नदाफ, काभ्रेको भुम्लु–४ का २४ वर्षीय दीपक तामाङ, नुवाकोट शिवपुरी–८ का २९ वर्षीय लक्ष्मण बखती छन्।

ब्युरोले २३ किलो ८ ग्राम लागूऔषध चरेससहित थाइल्यान्डका ४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। ब्युरोका प्रवक्ता डीएसपी नारायण रञ्जितकारका अनुसार माघ २८ मा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ४८ वर्षीया याओवालुक जुआब्स्री, ४२ वर्षीया परिचार्ट पम्प्रुक, २५ वर्षीय नाटापोल ट्रिचैया, १९ वर्षीया नट्नारी ट्रिचैया छन्।

खैरो हेरोइन र त्यो नापतौल गर्ने डिजिटल तराजुसहित मोरङ लेटाङ–२ का ३४ वर्षीय रोशन रिसाल, केराबारी–३ का ३५ वर्षीय अमित श्रेष्ठ, बिहारका ३२ वर्षीय श्रवणकुमार महरा ब्युरोले पक्राउ गरेको छ ।

प्रकाशित: Feb 15, 2023| 08:01 बुधबार, फागुन ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।