शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • यातायात क्षेत्रको समस्या समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

यातायात क्षेत्रको समस्या समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं- यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ।

नेपाल यातायात मजदुर सङ्घका महासचिव नुरनाथ पन्तले बैठकमा यातायात क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने बारेमा यातायात व्यवसायी र यातायात मजदुरबीच बसेर साझा धारणा बनाएर पर्सीको कार्यदलको बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए।

'भोलि बेलुकासम्म यातायात व्यवसायी र मजदुर सङ्घ, सङ्गठन मिलेर यातायात क्षेत्रमा देखिएका समस्याबारे साझा धारणा बनाउने र पर्सी यातायात व्यवस्था विभागमा बस्ने कार्यदलको बैठकमा पेश गर्ने निर्णय भएको छ', उनले भने। यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा दुईवटा प्रहरी भ्यानमा आगो लगाउनुका साथै नयाँ बसपार्कस्थित सञ्चालनमा रहेको लोत्से मलमा तोडफोड तथा चोरी भएको थियो।

प्रकाशित: Feb 14, 2023| 20:04 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।