सोमबार, वैशाख १५, २०८२

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको माग

वार्षिक अर्बौ रुपैया विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदेवाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नं. १ लाई चिया विशेष क्षेत्र घोषणाको माग गरिएको हो।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

विराटनगर- प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको माग गरिएको छ। प्रदेश १ को मुख्य खेतीको रूपमा रहेको चिया क्षेत्रमा लामो समयदेखि श्रमिक किसान तथा सहकारी उत्पादकसंग सरोकार राख्नेसहित समग्र समस्याको दीगो समाधानका लागि संवाद समूह प्रदेश १ को समन्वय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंगलबार विराटनगरमा भएको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा सो माग गरिएको हो। 

वार्षिक अर्बौ रुपैया विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदेवाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नं. १ लाई चिया विशेष क्षेत्र घोषणाको माग गरिएको हो। 

कार्यक्रममा चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न संघीय नीतिको अनुकुल हुनेगरि प्रदेशमा चिया नीति निर्माणको पहल थाल्ने, चिया निर्यातमा देखिएका अवरोध हटाउन तत्काल संघीय सरकारसँग समन्वय गरी कुटनीतिक पहल गर्ने, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी–निजी चिया क्षेत्रमा कार्यान्वयन गर्न गराउन समन्वयात्मक रुपमा कार्य गर्ने, प्रदेशमा चियाको गुणस्तर परीक्षण गर्ने ल्याव स्थापना र कार्यान्वयनमा ल्याउने, विद्यमान राष्ट्रिय चिया तथा कफी विकास बोर्डसंग प्रदेश सरकारको सहकार्य र समन्वय सुधार गरि चिया क्षेत्रको समग्र विकासमा लगानी वृद्धि गर्ने र चिया अक्सन बजारको व्यवस्था गर्न प्रदेश सरकार मार्फत सरोकारवालाहरु संबद्ध पक्षसँग छलफल गरि तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ। 

प्रतिबद्धता व्यक्त गर्नेहरुमा प्रदेश १ का  उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशक डा विष्णु प्रसाद भट्टराई, नेपाली कांग्रेस प्रदेश १ प्रदेश सभा प्रमुख सचेतक भुपेन्द्र राई, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव, गोबिन्दबहादुर कार्की लगायत १९ वटा सरोकावाला क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरु रहेका छन्।

प्रकाशित: Feb 14, 2023| 19:18 मंगलबार, फागुन २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।