मंगलबार, वैशाख २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • उच्च ब्याजदरको समस्या समाधान सरकारले गर्छ: प्रधानमन्त्री

उच्च ब्याजदरको समस्या समाधान सरकारले गर्छ: प्रधानमन्त्री

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएका हुन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगीले भोग्नुपरेको उच्च ब्याजदरको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताएका छन्। 

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएका हुन्।

उनले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा परेको पुFजी अभाव लगायत समस्यालाई पनि सरकारले समाधान गर्ने आश्वासन दिए। ‘लघु, घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिस्टार समेतमा कागजात तथा राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेकोप्रति सरकारको ध्यानाकर्षण भएको छ, त्यसबारे उचित समाधान खोजिनेछ,’ दाहालले भने।

उत्पादनमूलक लघु घरेलु तथा साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जालाई पुनः परिभाषित गर्दै सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याइने उनको भनाइ थियो। 

हरेक वर्ष आयोजना हुँदै आएको औद्योगिक प्रदर्शनी विगत तीन वर्षसम्म कोरोनाको असरका कारण हुन सकेको थिएन। मंगलबारदेखि सुरु भएको मेला शनिबारसम्म सञ्चालन हुने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।

Metro Mart
worldlink

प्रकाशित: Feb 14, 2023| 17:46 मंगलबार, फागुन २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्